परामर्श केस

योकोहामा विदेश निवासी सूचना केन्द्रले जापानमा बस्ने विदेशी बासिन्दाहरूको लागि ११ वटा भाषामा परामर्श
सन् २०२० मा परामर्श गराएको संख्या ४,७५७ थियो।
यस केन्द्रबाट परामर्श लिएकाहरूले सोध्ने गरेका कुराहरू यस प्रकार छन्।

परामर्श मामला ०१ “जन्म” (出産)

हामी एक भारतीय दम्पत्ति हौँ र पतिको कामको लागि जापान आएको तीन महिना भयो।
मैले गर्भावस्था परीक्षण किटले जाँच गर्दा गर्भवती भएको थाह पाएँ।
मेरो अझै दुई वर्ष जापानमा बस्ने योजना छ।
दवै दम्पतीहरूले अभिवादन गर्ने जापानी भाषा बोल्न सक्छन्, पतिले राम्ररी अंग्रेजी भाषा बोल्छन् तर पत्नीले दैनिक कुराकानी गर्ने अंग्रेजी भाषा मात्र बोल्न सक्छिन्।
मैले के तयारी गर्नुपर्छ?
म आफ्नो घर फर्किने कि जपानमा नै जन्माउने भनेर सोच्दै छु।

बधाई छ।
कृपया सबैभन्दा पहिले तपाईँको गर्भावस्था पक्का गर्न स्त्री रोग विशेषज्ञकोमा जाँच गर्न जानुहोस्।
तपाईँ बस्ने ठाउँ नजिकैको अंग्रेजी बोल्न सक्ने क्लिनिकको परिचय गराउनेछौँ।
आफ्नै घरमा फर्कने विचार गर्दैछु भन्दै हुनुहुन्थ्यो तर प्रसूति विभाग भएको अस्पतालहरू छिट्टै बुकिङ हुन्छ।
दोभासे चाहिन्छ कि चाहिँदैन, धार्मिक परिस्थितिहरू कस्तो छ र पीडारहित प्रसूति गर्ने कि नगर्ने कुराहरू पक्का गरेर सकेसम्म छिटो बुकिङ गर्नुहोस्।
गर्भवती भएको पक्का भएमा वडा कार्यालयबाट मातृ र बाल स्वास्थ्य पुस्तिका लिनुहोस्।
यस पुस्तिकामा गर्भवती महिलाको स्वास्थ अवस्था जाँच्दा प्रयोग गर्न सकिने १४ वटा छुट टिकट पनि सँगै आउँछ।
यसबाहेक अन्य विभन्न प्रकारको मदतबारे पनि जानकारी पाउन सक्नुहुन्छ।
म दोभासे स्वयंसेवक पठाउन सक्छु त्यसैले मिति पक्का भएपछि कृपया मलाई फोन गर्नुहोस्।
विदेशमा बच्चा जमाउने र हुर्काउनेबारे चिन्ता पनि लाग्छ होला तर तपाईँलाई बहुभाषी सामग्री दिन्छु, त्यसैले उक्त सामग्री राम्ररी पढ्नुहोस् र केही प्रश्न छ भने फेरि फोन गर्नुहोस्।

मामला ०२ “स्कुल जान नमान्ने” (不登校)

म पेरुबाट आएको हुँ र जापानमा बसेको २० वर्ष भयो।
जुनियर हाइस्कुलको दोस्रो कक्षामा पढ्ने मेरो छोरालाई दादागिरी गरिएको छ।
लन्च बक्समा फोहोर फ्याँक्ने वा जुत्ता फ्याँक्ने गरिन्छ।
एसएनएसमा पनि उनको विषयमा नराम्रो कुरा लेखिएको जस्तो देखिन्छ।
ऊ हिजोआज स्कुल गएको छैन त्यसैले उनको पढाइबारे चिन्ता लाग्छ।
होमरूम शिक्षकसित पनि सल्लाह मागेँ तर पर्याप्त मदत भने पाइनँ।

त्यो त धेरै चिन्ता लाग्छ, है?
पहिला, स्कुलमा राम्रोसित सल्लाह माग्नु महत्त्वपूर्ण छ।
जापानी भाषामा राम्ररी कुराकानी गर्न सकिएन त्यसैले एकचोटि दोभासे पनि राखेर कुराकानी गर्नुभए कसो होला?
त्यसपछि वडाको बालबालिकाको परिवार समर्थन खण्ड वा शिक्षा परामर्श केन्द्रमा सल्लाहकारसँग परामर्श पनि लिन सक्नुहुन्छ।
साथै, बच्चा स्कुलमा नगई घरमा जति लामो समय बस्छ त्यति नै उसको तनाव पनि बढ्छ र पढाइ ढिला होला भनेर चिन्ता पनि लाग्छ, त्यसैले फ्रि स्कुलबारे पनि विचार गर्नुभए कसो होला?
सहरमा बच्चाहरूको लागि विदेशहरूसित जोडिएका समर्थन कक्षाहरू पनि छन्।
दुवै अवस्थामा तपाईँ दोभासे राखेर सल्लाह माग्न सक्नुहुन्छ त्यसैले बच्चाहरूको भावना पनि विचार गर्दै जाऔँ।

परामर्श मामला ०३ “सम्बन्धविच्छेद” (離婚)

म चीनबाट आएको हुँ, मेरो बसोबासको स्थिति “जापानी जोडि, आदि” हो।
जापानी श्रीमान्‌सित विवाह गरेको चार वर्ष भयो र हाम्रो तीन वर्षको बच्चा छ।
शारीरिक हिंसा छैन तर पतिले मेरो आदर गर्नुहुन्न, सधैँ झगडा हुन्छ।
मेरो पति दिनहुँ पिएर पैसा उडानुहुन्छ, मेरो जीवन गाह्रो छ अनि भविष्यको जीवनको आशा पनि छैन।
सम्बन्धविच्छेद गर्दा राम्रो हुन्छ कि भनेर सोच्दै छु।

तपाईँको बच्चा पनि सानै छ त्यसैले चिन्ता लाग्छ होला।
तपाईँहरू दम्पतीको सम्बन्ध नराम्रो भएको छ त्यसैले यदि एकतर्फी सम्बन्धविच्छेद फाराम दिइएको छ भने पहिला वडामा उक्त फारामलाई अस्वीकार गर्ने निवेदन पेस गर्न सिफारिस गरिन्छ।
त्यसको आधारमा यसलाई राम्ररी विचार गरौँ।
सम्बन्धविच्छेद प्रणालीबारे, जापानमा दम्पती मिलेर सम्बन्धविच्छेद गर्ने विषयमा कुरा मिलेमा मात्र सम्बन्धविच्छेद गर्न सकिन्छ।
यदि दम्पती मिलेर कुराकानी गर्दा पनि निश्कर्षमा नपुगेको अवस्थामा अदालतमा न्याय गरिन्छ तैपनि असफल भएमा अदालतले नै सम्बन्धविच्छेद गरिदिन्छ।
यदि तपाईँले आफ्नो बच्चाको बाल अधिकार पाएर सम्बन्धविच्छेद गर्नुभयो भने “स्थायी निवासीको” रूपमा जापानमा आफ्नो बच्चा हुर्काइरहन सक्ने सम्भावना छ त्यसैले कृपया विदेशी बासिन्दाको लागि सहायता केन्द्र वा प्रशासनिक नोटरी परामर्शको विशेषज्ञसित सल्लाह लिनुहोस्।

मामला ०४ “कोरानाको कारण कामको बर्खास्ती” (コロナ解雇)

म पेरुको नागरिक हुँ र जापान मूलको दोस्रो पुस्ता हुँ।
मैले “स्थायी बासिन्दा” को निवास स्थिति अन्तर्गत काम गरेको थिएँ तर कोरोनाभाइरसको प्रभावको कारणले बर्खास्त गरिएको थियो।
म हाल बेरोजगारी बीमा प्राप्त गर्दैछु।
बस्ने अवधि दुई महिना पछि सकिँदैछ के म यसलाई नवीकरण गर्न सक्छु?

तपाईँ बर्खास्त गरिएको रहेछ र भविष्यको बारेमा चिन्तित हुनुहुन्छ होला।
बस्ने योग्यताको नवीकरण गर्ने विषयमा बेरोजगारी बीमाबाट निश्चित आय आउँछ र सार्वजनिक सहायता बिना बाँच्न सक्नुहुन्छ भनेर प्रमाणित गर्न सक्ने कागजात सहित निवेदन पेस गर्दा बेस हुन्छ।
यसबाहेक परिस्थिति अनुसार सार्वजनिक सहायता लिइरहे तापनि नवीकरण गर्न सक्ने अवस्था पनि छ।
के-कस्ता कागजातहरू आवश्यक पर्छ भनेर “नि:शुल्क प्रशासनिक नोटरी परामर्श” दिँदैछौँ त्यसैले विशेषज्ञसित सल्लाह लिनुहोस्।
जीवन बिताउन गाह्रो छ भने वभिन्न प्रकारका मदतहरू छन् जस्तै, “जीवित कल्याण कोष”।
कोरोनाभाइरसको प्रभावको कारण लिन सकिने मदत र उपायहरू छन् त्यसैले सक्रिय भई प्रयोग गर्नुहोस्।
जापानी भाषाको व्याख्या धेरै भएकोले गाह्रो छ त्यसैले अप्ठ्यारो नमानी सल्लाह लिनुहोस्।

मामला ०५ “चिकित्सा संस्था” (医療機関)

म भियतनामबाट आएको हुँ र मेरो ३ वर्षको छोरा छ।
उसलाई दिनमा धेरै खोकी आउँछ, एकपटक नजिकैको बाल रोग विभागमा देखाएँ तर राम्रो भएन।
एकपटक ठूलो विशेष अस्पतालमा देखाउन चाहन्छु।
मलाई जापानी भाषा त्यति आउँदैन तर अंग्रेजी भाषा आउँछ।

साना केटाकेटीहरु प्राय खोक्छन् तर लामोसम्म खोक्दा चिन्ता लाग्छ है।
ठूलो अस्पातालमा देखाउनको लागि सिफारिस पत्र आवश्यक पर्नेछ।
सिफारिस पत्र नभए पनि जाँच गर्न सक्ने अस्पतालहरू पनि छन् तर “वैकल्पिक चिकित्सा खर्च” को रूपमा हजारौँ येन खर्च हुन्छ र प्राय लामो समय पर्खनुपर्ने हुन्छ।
सधैँ गइरहेको बाल रोग विभाग अथवा नजिकै अंग्रेजी भाषामा जाँच गर्न सक्ने बाल रोग विभागको परिचय गराउनेछौँ त्यसैले त्यहाँ जाँच गरेर सिफारिस पत्र लेखिदिन सल्लाह माग्नुहोस्।
त्यतिबेला चिकित्सा दोभासे प्रयोग गर्न सक्ने अस्पतालमा परिचय गरिदिन आग्रह गर्न सिफारिस गर्छौँ।
तपाईँको घरको नजिकै भएका अस्पतालहरू OO सामान्य अस्पताल र OO मेडिकल सेन्टर उपलब्ध छन्।
जाँच गर्नु हुँदा स्वास्थ्य बीमा कार्ड, बाल चिकित्सा कार्ड, मातृ र शिशु स्वास्थ्य पुस्तिका र औषधी पुस्तिकासँगै लानुहोस्।
विशेषगरी विभिन्न चिकित्सा संस्थाले तोकेर दिएको औषधीहरू सल्लाह नगरी नखुवाउनुहोस्।

मामला ०६ “पीसीआर परीक्षण” (PCR検査)

पोर्चुगिजमा परामर्श लिन चाहन्छु।
म बिरामी छु, ज्वरो आएको छ र घाँटी दुखेको छ।
म अस्पतालमा पीसीआर परीक्षण गराउन चाहन्छु, यो कहाँ गराउन सक्छु?

तपाईँको पारिवारिक डाक्टर हुनुहुन्छ भने हामी तीन तर्फी फोन कलको माध्यमबाट उल्था गर्नेछौँ त्यसैले पहिला तपाईँको पारिवारिक डाक्टरसित सल्लाह गर्नुहोस्।
पीसीआर परीक्षण डाक्टरको निग्राणीमा गरिन्छ।
यदि छैन भने योकोहामा सिटी कोरोनाभाइरस संक्रामक रोगहरू कल केन्द्र-(045-550-5530) लाई सम्पर्क गर्नुहोस्।
जापानी भाषामा सम्पर्क गर्न चिन्ता लाग्छ भने तपाईँ स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको स्वास्थ्य केन्द्र टेलिफोन दोभासे सेवा (03-6436-4818) मा सम्पर्क गर्न सक्नुहुन्छ।
साथै आपतकालीन अवस्थामा एम्बुलेन्सलाई कल गरौँ।
एम्बुलेन्सहरू स्पेनिश, अंग्रेजी र चिनियाँ भाषामा उपलब्ध छन्।

(यस मामलामा OO को ओपिडि विभागले पीसीआर परीक्षण गर्दैन तर नजिकैको परीक्षण गर्न सक्ने अस्पतालमा सिफारिस गरिदियो। फोनमा सजिलो सोधपुछ →, त्यही दिन दिँउसो मेडिकल जाँच र पीसीआर परीक्षण बुकिङ गरियो।)

मामला ०७ “ठूलो फोहोर” (粗大ごみ)

म मेरो डेस्क, कुर्सी र वाशिंग मेशिन फाल्न चाहन्छु किनकि म चाँडै सार्दैछु।
मैले यसलाई रिसाइकल पसलमा बेच्न चाहन्थेँ तर मिति मेल खाएन र अस्वीकार गरियो।
मैले के गर्नु पर्छ? (अंग्रेजीमा परामर्श)

डेस्क र कुर्सी जस्ता ठूला फर्निचरहरू ठूलो फोहोरको रूपमा फ्याँक्नुपर्छ।
योकोहामा शहर ठूलो फोहोर रिसेप्शन केन्द्र (अंग्रेजी, चिनियाँ, हंगुल, स्पेनिश र पोर्चुगिजमा उपलब्ध छ) मा आवेदन दिएर फ्याँक्ने दिनको बुकिङ गरिन्छ।
बुक गरिएको मिति र समयमा तोकिएको ठाउँमा लैजानुहोस्।
यदि उक्त सामान धेरै ठूलो छ र तपाईँ आफैले त्यो बोक्न सक्नुहुन्न भने पिकअपको लागि आवेदन दिन सक्नुहुन्छ (६५ वर्षभन्दा माथिका परिवारहरू वा अपाङ्गता भएका व्यक्तिहरूको लागि नि: शुल्क छ र अन्य परिवारहरूको लागि शुल्क लाग्छ)।
वाशिंग मेशिन जस्तो इलेक्ट्रोनिक सामानहरू ठूलो फोहोरको रूपमा फ्याँक्न सकिँदैन।
नयाँ वाशिंग मेशिन किन्दा पुरानो वाशिंग मेशिन साट्ने अथवा इलेक्ट्रोनिक रिसाइकल कम्पनीमा फोन गरी पहिल्यै बुक गरेर साट्नुपर्ने हुन्छ।
ठूलो फोहोर र इलेक्ट्रोनिक सामान साट्न पैसा लाग्छ।
कसरी तिर्ने भन्ने विषयबारे बुकिङ गर्ने बेलामा सोध्नुहोस्।

मामला ०८ “जापानी भाषा सिक्ने” (日本語学習)

म जापानी कक्षा खोज्दै छु।
मेरो घर नजिक र त्यति खर्च नहुने ठाउँमा पढ्न चाहन्छु।
(नेपालीमा परामर्श)

जापानी भाषा सिक्नको लागि जापानी स्कुलबाहेक थुप्रै स्वयंसेवकले पढाउने जापानी भाषाको कक्षाहरू पनि छन्।
YOKE को वेबसाइटमा मुनाफा रहित “जापानी भाषा र शिक्षा मदत कक्षा डाटाबेस” (https://yokeweb.jp/), सर्वसाधारणको लागि खुला गरिएको छ अनि जापानी र अंग्रेजी भाषामा तपाईँ बस्ने ठाउँ नजिकैको कक्षा खोज्न सक्नुहुन्छ।
यस्ता कक्षाहरू तपाईँ नि:शुल्क देखि एकपटकको ५०० सम्म जत्तिको सस्तोमा सिक्न सक्नुहुन्छ।
प्रत्येक कक्षाको आफ्नै विशेषताहरु छन् त्यसैले स्तर (शुरुवात/शुरुवातदेखि), उद्देश्य (दैनिक जीवनको लागि, कामको लागि, जापानी भाषा परीक्षा, आदि) र पाठको फर्म्याट (समूह/व्यक्तिगत पाठ, आमने सामने/अनलाइन), आदि। कृपया तपाईँलाई आवश्यक पर्ने सुहाउँदो तरिकाबारे हामीसित परामर्श गर्नुहोस्।
जापानी र अंग्रेजीमा खोज्न वा प्रत्येक कक्षामा सम्पर्क गर्न गाह्रो अवस्था छ भने योकोहामा शहर बहुसांस्कृतिक सह-अस्तित्व सामान्य परामर्श केन्द्रले कक्षा खोज्न मदत गर्छ त्यसैले नहिचकिचाई परामर्श लिनुहोस्।

मामला ०९ “उच्च मूल्य चिकित्सा स्याहार” (高額医療)

अस्पतालमा शल्यक्रिया गर्नुपर्छ भनियो।
काम गर्ने ठाउँमा सामाजिक बीमा समावेश गरिएको छ तर शल्यक्रियाको खर्चबारे चिन्तित छु।
(स्पेनिशमा परामर्श)

त्यो त धेरै चिन्ता लाग्छ, है?
स्वास्थ्य बीमा प्रणाली अन्तर्गत उपचार खर्च महंगो हुँदा फिर्ता पाउने प्रणाली छ।
यदि तपाईँसँग सार्वजनिक चिकित्सा बीमा (काम गर्ने कम्पनीले दिने स्वास्थ्य बीमा वा राष्ट्रिय स्वास्थ्य बीमा) छ भने अस्पतालको काउन्टरमा पैसा तिर्दा महंगो पर्दा तपाईँको कमाइ अनुसार उक्त पैसाभन्दा बढी तिर्न नपर्ने “उच्च लागत चिकित्सा हेरविचार खर्च प्रणाली” को उपयोग गर्न सक्नुहुन्छ।
उदाहरणको लागि, एक वर्षको कमाइ ५० लाख येन छ र ७० वर्षभन्दा कम उमेरका छन् भने उनीहरूले १० लाख लाग्ने शल्यक्रिया गर्दा आफैले तिर्नुपर्ने भागमा ८७,४३० येन हुन्छ।
यदि काउन्टरमा सबै रकम तिर्न नसक्ने अवस्थामा हुनुहुन्न भने “सीमितता आवेदनको प्रमाणपत्र” भर्न सक्नुहुन्छ र पहिल्यै अस्पतालमा देखाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाईँको व्यक्तिगत भुक्तानी सीमाको रकम मात्र तिरे पुग्छ।
पहिला कम्पनीसित कुरा गरौँ।
साथै तपाईँले निजी चिकित्सा बीमाको लागि नाम लेखाउनुभएको छ भने त्यसबाट लाभ उठाउन पनि सक्नुहुन्छ त्यसैले राम्रोसँग बीमा प्रमाणपत्र जाँच गर्नुहोस्।
अस्पतालमा चिकित्सा खर्चबारे चिकित्सा सामाजिक कार्यकर्तासँग परामर्श गर्न सक्नुहुन्छ त्यसैले ढुक्क हुनुहोस् र शल्यक्रिया गराउनुहोस्।
आफ्नो ख्याल राख्नुहोस्।

公益財団法人横浜市国際交流協会(YOKE)
タイトルとURLをコピーしました